नेभिगेशन
समाचार

मत माग्दै राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले पठाए सबै मतदातालाई पत्र

काठमाडौँ –राष्ट्रपति पदका उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै मतदाताहरूलाई मत दिन आग्रह गरेका छन् ।

आसन्न राष्ट्रपति निर्वाचनका लागि राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभाका कूल ८८२ मतदाताहरूलाई पत्र पठाएर पौडेलले मत दिन आग्रह गरेका हुन् ।

पौडेल राष्टपति चुनावमा ८ दलीय गठबन्धनबाट उम्मेदवार बनेका हुन् । ‘संविधानको सीमाभित्र रहेर देशको सेवा गर्न चाहेको’ बताउँदै उनले सबै मतदाताहरूलाई व्यक्तिगत रूपमा नै आग्रहसहितको पत्र पठाएका हुन् । 

यसअघि कांग्रेसले पनि सबै दललाई मत माग्दै पत्र पठाएको छ । फागुन २५ गते राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । पौडेलको प्रतिस्पर्धीका रूपमा नेकपा एमालेका सांसद तथा पूर्व सभामुख सुवास चन्द्र नेम्वाङ छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार