५५ उपसचिव तथा प्रशासकीय अधिकृतको सरुवा
काठमाडौँ– सरकारले ५५ जना उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको हो ।
मंगलबार २८ जना उपसचिवको सरुवा गरेको मन्त्रालयले बुधबार थप २८ जनाको सरुवा गरेको हो ।
सरुवा गरिएका उपसचिवमध्ये अधिकांश स्थानीय तहमा पठाइएका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९ १४:०४
प्रतिक्रिया दिनुहोस्