Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौँ–छेन्दु उडान ६ चैतदेखि

बुधबार, फागुन १७, २०७९

काठमाडौँ –चीनको सिचुवान एयरलाइन्सले छेन्दुबाट काठमाडौँलाई पुनः सिधा उडानमार्फत जोड्ने भएको छ । कम्पनीले २० मार्च अर्थातः ६ चैतदेखि छेन्दु–काठमाडौं रुटमा उडान थाल्ने घोषणा गरेको छ ।

कोभिड–१९ महामारी अगाडि नियमित उडान गरिरहेको कम्पनीले चीन यात्रामा लागेको प्रतिबन्धसँगै उडान बन्द गरेको थियो ।

सिचुवानले सातामा ३ उडान गर्ने गरी तालिका सार्वजनिक गरेको छ । २० मार्चबाट सोमबार, बुधबार र शुक्रबार सिचुवानले छेन्दुबाट काठमाडौं उडान गर्नेछ । छेन्दुबाट स्थानीय समय अनुसार २ बजे उड्ने जहाज त्रिभुवन विमानस्थलमा स्थानीय समय अनुसार २ः४५ मा अवतरण गर्नेछ । काठमाडौंबाट सोही दिन ३ः३५ बजे उड्ने जहाज छेन्दुमा स्थानीय समय अनुसार ९ बजे अवतरण गर्नेछ ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १४:३०
प्रतिक्रिया दिनुहोस्