Nic Ad Nic Ad
Nic Ad Nic Ad

आईसीसी विश्वकप लिग २ खेल्न सन्दीप लामिछाने युएई प्रस्थान

बुधबार, फागुन १७, २०७९

काठमाडौँ –आईसीसी विश्वकप लिग २ खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने युनाइटेड अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् । 

सन्दीपका वकिल सरोज कृष्ण घिमिरेका अनुसार उनी ३ बजे युएईतर्फ प्रस्थान गरेका हुन् ।

सन्दीपसँग १ जना क्यानका सदस्य पनि गएका छन् । उनी बिहीबार म्याच खेल्ने छन् ।

बिहीबार नेपाल र युएईबीच आईसीसी विश्वकप लिग २ को खेल हुँदैछ ।

आइसिसी विश्वकप  लिग–२ अन्तर्गतको युएईमा हुने ४ मध्ये ३ खेल बाँकी छ । एक खेलमा नेपालले पपुवा न्यूगिनीलाई हराइसकेको छ । यो श्रृखलाको अन्तिम ४ खेल भने नेपालमै हुनेछ ।
 

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १५:५६
प्रतिक्रिया दिनुहोस्