Nic Ad Nic Ad
Nic Ad Nic Ad

आकर्षक गन्तव्य बन्दै नारायणी किनार

बुधबार, फागुन १७, २०७९

चितवन– भरतपुर महानगरपालिकाले नारायणी नदी संरक्षणमा उच्च प्राथमिकता दिई काम थालेको छ । 

यसअन्तर्गत नरायणी पुलको उत्तरतर्फको नदी किनारमा ६४० मिटर तटबन्ध गर्न लागिएको हो । 

महानगरप्रमुख प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रूपमा नारायणी नदी संरक्षण र आरती स्थलको शिलान्यास गरे । सो अवसरमा महानगर प्रमुख दाहालले नदी संरक्षणअन्तर्गत ५ चरणमा काम हुने र संरक्षणले महानगरबासीलाई सुरक्षित बनाउने बताइन् । 

उपप्रमुख अधिकारीले धार्मिक पर्यटनको संरक्षणका लागि नयाँ योजना सुरु गरिएको बताए । 

नारायणी नदी व्यवस्थापन आयोजनाले १५ करोड ९२ लाख रुपैयाँ लागतमा तटबन्ध गर्न लागेको हो । यसका लागि गत पुस ५ गते ठेक्का सम्झौता भई डाइनामिक कन्स्ट्रक्सन प्रालिले बोलपत्र सकार गरी काम गरिरहेको आयोजनाका निर्देशक गणेश मरासिनिले जानकारी दिए ।

उनका अनुसार हरियालीसहितको तटबन्ध गरिने छ । यो काम सम्पन्न गर्न १८ महिनाको समय दिइएको छ । 

यसैगरी सघन सहरी तथा भवन निर्माण आयोजनाले आरती स्थल निर्माण सुरु गरेको हो । २८ मिटर लम्बाइ र ५ मिटर चौडाइ रहने सो स्थलको निर्माण सम्पन्न गर्न १ करोड ७५ लाख रुपैयाँमा ठेक्का सम्झौता भई काम अघि बढेको आयोजनाका प्रमुख प्रकाश अर्यालले जानकारी दिए ।

उनका अनुसार जमिनको सतहबाट केही मिटर अग्लो बनाइने आरती स्थलमा ढुंगा छापिने छ ।

आरती स्थलको बाहिरी भागमा ‘मोज्याक टायल’ लगाइने छ । आरती स्थल, देवघाटमा बसपार्क र महानगरभित्रका विभिन्न ठाउँका १८ किलोमिटर सडक कालोपत्र एकसाथ ठेक्का सम्झौता गरिएको छ ।

bharatpur21677665969.png

bhatartpur31677665983.png

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्