नेभिगेशन
समाचार

नेकपा एसले राष्ट्रपतिमा पौडेललाई सघाउने

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रपति निर्वाचनमा ८ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय आलोकनगरमा बसेको समाजवादी सचिवालयको ५१ औं बैठकले राष्ट्रपतिमा पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीले गठबन्धनका उम्मेदवारको पक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी दिए ।

फागुन २५ मा राष्ट्रपति निर्वाचन हुँदैछ ।

समाजवादीले यसअघि नै फागुन १३ गते भएको मनोनयनका क्रममा राष्ट्रपतिमा पौडेललाई समर्थन गरिसकेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार