नेभिगेशन
अटोमोबाइल्स

टाटाका कमर्सियल गाडीको मेगा होली क्याम्प सुरु

काठमाडौँ –होलीको अवसरमा सम्पूर्ण ग्राहकवर्गमा शुभकामनास्वरुप सिप्रदी ट्रेडिङ्ग प्रालिले सम्पूर्ण टाटा कमर्सियल गाडीहरूको लागि मेगा होली क्याम्पको आयोजना गरेको छ । 

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले क्याम्पको  शुभारम्भ गरेका हुन् ।

यस क्याम्पमा सहभागी सम्पूर्ण गाडीहरुको निःशुल्क बम्पर टु बम्पर चेक जाँच, टाटा जेन्यूइन पार्ट्समा १५ प्रतिशतदेखि २२ प्रतिशतसम्मको छुट, टाटा जेन्यूइन आयलमा २५ प्रतिशत छुट, सर्भिस बुकिङ्ग गरेर आउने गाडीहरूलाई लेवर चार्जमा ५० प्रतिशत छुट र निःशुल्क वासिङ्ग सुविधा र क्याम्पमा सहभागी हुने ग्राहकहरूका लागि अर्को चोटिको लागि पनि उही छुट सुविधा भएको सर्भिस छुट कुपनको साथमा भाग्यशाली ३ जना ग्राहकहरुलाई स्मार्टफोन जित्ने सुवर्ण अवसर पनि प्रदान गरेको छ ।

सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरहरूमा २१ फागुनसम्म क्याम्प सञ्चालनमा रहने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अटोमोबाइल्स