नेभिगेशन
सुरक्षा–अपराध

शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्ता र इञ्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्ताविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गुप्ताविरुद्ध बुधबार मुद्दा दर्ता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । 

विद्यालय सभाहल निर्माणको अन्तिम बिल भुक्तानी गर्ने बेलामा नगर प्रमुख गुप्ता र उक्र नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साहले मिलेमतोमा १ लाख ४० हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि उनीहरुविरूद्ध मुद्दा दर्ता गरेको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

अख्तियारले गत माघ ३ गते इन्जिनियर साहले घुस लिँदै गरेको अवसथमा प्रक्राउ गरेको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध