Nic Ad Nic Ad
Nic Ad Nic Ad

हिमालय ट्राभल मार्टको चौथो संस्करण जुनमा

बुधबार, फागुन १७, २०७९

काठमाडौँ –प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले हिमालय ट्राभल मार्टको चौथो संस्करण आयोजना गर्ने भएको छ ।

चौथो संस्करण ६ जुनदेखि ९ जुनसम्म काठमाडौँैमा आयोजना हुने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वामित्वअन्तर्गत नेपाल पर्यटन वोर्ड, नेपाल वायु सेवा निगम, पाटा अन्तर्राष्ट्रिय एवं पर्यटन क्षेत्रका विभिन्न संघसंस्थाहरूको सहयोग रहने पाटा नेपालले जनाएको छ ।

सन् २०१७ देखि २०१९ सम्म वार्षिक रूपमा हिमालयन ट्राभल मार्ट आयोजना हुँदै आएकोमा कारोना महामारीका कारण सन् २०१९ पछि आयोजना हुन सकेको थिएन ।

पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुरले हिमालयन ट्राभल मार्ट २०२३ मा सहभागी हुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।

यसले पर्यटन व्यवसायलाई पुनरुत्थान गर्न र नेपाललाई महामारी पछिको पर्यटन पुनरुत्थान अभियानमा सहयोग गर्न निमन्त्रणा दिएका छन् ।

हिमालयन ट्राभल मार्टमा नेपाल, भारत, पाकिस्थान, चीन (तिब्बत), भुटान र म्यानमार जस्ता हिमालयन राष्ट्रहरूबाट विक्रेताहरू व्यापार आदान–प्रदान तथा सम्बन्ध संञ्जाल विस्तार, ज्ञान तथा सीप आदान–प्रदान गर्ने जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १७:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार