Nic Ad Nic Ad
Nic Ad Nic Ad

एक्साइडको नयाँ विद्युतीय रिक्सा ब्याट्री बजारमा

बुधबार, फागुन १७, २०७९

काठमाडौँ –सिप्रदी ट्रेडिङ्ग प्रा.लिले एक्साइड ब्राण्डको विद्युतीय रिक्सामा प्रयोग हुने नयाँ इ–रिक्सा ब्याट्रीको नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । एक्साइड ब्राण्डको इ–रिक्सा ब्याट्री नेपालको एक मात्र १५ महिना लामो वारेन्टी भएको ब्याट्री हो ।

विश्व प्रसिद्ध एक्साइड ब्राण्डको इ–रिक्सा ब्याट्रीहरू फ्याक्ट्रीबाट पहिले नै चार्ज हुने भएकोले सिधा जडान गर्न सकिने छ । साथै विशेष अलोई प्रणाली भएका यी ब्याट्रीहरूले छिटो चार्ज हुनुका साथै प्रशोधित पानीको पनि कम खपत गर्छन ।  

कम्पनीका अनुसार कुनै पनि पुरानो ब्याट्री साटेर नयाँ एक्साइड ब्याट्री पनि ग्राहकहरूले प्राप्त गर्न सक्नेछन ।  

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १७:३९
प्रतिक्रिया दिनुहोस्