Nic Ad Nic Ad
Nic Ad Nic Ad

कुमारी बैंकले बिवाइडीका विद्युतीय सवारी साधन खरिदमा सहजै कर्जा दिने

बुधबार, फागुन १७, २०७९

काठमाडौँ– कुमारी बैंक लिमिटेड र सिमेक्स इन्कर्पोरेटेडबीच ग्राहकहरूलाई बिवाइडी अटो इण्ड्रस्ट्रि कम्पनीको विद्युतीय सवारी साधन सहजै खरिद गर्न कर्जा प्रदान गर्ने सहकार्य भएको छ ।

आज कुमारी बैंक र सिमेक्सबीच बिवाइडीका विद्युतीय सवारी साधनमा बैंकले सहजै ८ वर्षको लागि ८० प्रतिशतसम्म कर्जा प्रदान गर्ने सहकार्य भएको हो ।

बैंकका अनुसार यो सहकार्यपश्चात् उसका ग्राहकले बिवाइडीको विद्युतीय सवारी साधन किन्न बैंकबाट सजिलै बिजक मूल्यको ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्ने छन् । कर्जाको अवधि ८ वर्षसम्म रहने प्रावधान छ।

सिमेक्स इन्क प्रालिका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले ग्राहकहरूलाई उच्च गुणस्तर, पर्यावरण मैत्री विद्युतीय सवारी साधन सहजै उपलब्ध गराउन प्रतिबद्ध रहेको बताइन् । उनले भनिन्, ‘हामी कुमारी बैंकसँग साझेदारी गर्न पाउँदा गर्व गर्छौं, हाम्रा ग्राहकहरूलाई उत्कृष्ट वित्तीय सेवाहरू प्रदान गर्न सामूहिक विशेषज्ञता र स्रोतहरू प्रयोग गर्नेछौँ ।’

पछिल्लो समय विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गएको र सोही अनुरूप आफ्ना ग्राहकको माग पूरा गर्न आफ्ना देशव्यापी शाखाबाट सहज रूपमा कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ इकाई तथा ४९ एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधा दिँदै आएको छ ।

आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।


 

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १९:०८
प्रतिक्रिया दिनुहोस्