नेभिगेशन
अर्थ विविध

भारतबाट इन्धनको मूल्य घटेर आएपनि नेपालमा नघट्ने

काठमाडौँ– भारतबाट खाना पकाउने ग्याँसबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटेर आएपनि नेपाल आयल निगमले इन्धनको मूल्य यथावत् राख्ने निर्णय गरेको छ । 

निगमले आज एक विज्ञप्ती जारी गर्दै  भारतबाट इन्धनको मूल्य घटेर आएपनि सरकारसहित भारतीय आयल कर्पोरेसन (आईओसी)लाई १६ अर्ब रकम तिर्न बाँकी रहेकोले हाललाई इन्धनको उपभोक्ता मूल्य यथावत् राख्ने जनाएको छ ।

‘आम उपभोक्ताको हितलाई मध्यनजर गरी हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको छ,’ विज्ञप्ती भनिएको छ ।

आईओसीले बुधबार पठाएको इन्धनको नयाँ सूची अनुसार खाना पकाउने ग्याँसबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटेर आएको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार डिजलमा लागत ५ रुपैयाँ ५ पैसाले सस्तो भएको छ । यस्तै पेट्रोलमा १ रुपैयाँ २१ पैसा लागत घटेको छ भने मट्टीतेलमा ३ रुपैयाँ ४० पैसाले लागत घटेको छ ।

त्यस्तै हवाई इन्धनमा ७ रुपैयाँ ३ पैसाले लागत घटेको निगमले जनाएको छ ।

noc_pr1677679999.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

उद्योगमा कोभिडको असर कायमै