Nic Ad Nic Ad
Nic Ad Nic Ad

जैविक विविधतालाई जनजीविकासँग जोड्नुपर्छ : प्रधानमन्त्री

बुधबार, फागुन १७, २०७९

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानुपर्ने बताएका छन् ।

आज अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन)का महानिर्देशक डा. ब्रुनो ओबेरलसहितको एक प्रतिनिधिमण्डलसँगको छलफलमा प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् ।

उनले आइयुसिएनसँगको साझेदारी लामो समयदेखि हुँदै आएको उल्लेख गर्दै प्राकृतिक स्रोत–साधनको व्यवस्थापनबाट जनसमुदायको आर्थिक उत्थानका क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

आइयुसिएनका महानिर्देशक ओबेरलले नेपालले जैविक विविधता र वातावरण संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गर्दै नेपालसँगको साझेदारीमा भएका कार्यप्रति सन्तोष व्यक्त गरे ।

नेपाल सन् १९७४ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन)को सदस्य राष्ट्र रहेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  २०:२८
प्रतिक्रिया दिनुहोस्