Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रदेश १ मा बैठक सुरु, कोशी प्रदेशमाथिको प्रस्तावमा संशोधन प्रस्ताव दर्ता

बुधबार, फागुन १७, २०७९

विराटनगर— प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राख्ने प्रस्तावमाथि एउटा संशोधन प्रस्ताव दर्ता भएको छ । 

सभामुख बाबुराम गौतम प्रदेशको नाम ‘कोशी प्रदेश’ राख्ने प्रस्तावमाथि संशोधन दर्ताका लागि दिएको दुई घण्टाको समयमा एउटा संशोधन प्रस्ताव दर्ता भएको हो । 

नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्र कुमनर राई र सांसद कमलप्रसाद जबेगुले संयुक्त रूपमा संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

अहिले भर्खरै सुरू भएको प्रदेशसभा बैठकमा राजेन्द्रकुमार राईले उक्त संशोधन प्रस्ताव टेबल गरेका छन् ।

कोशी प्रदेशको प्रस्तावमाथिको छलफलमा १५ जना प्रदेश सांसदले भाग लिएका थिए । कोशी प्रदेशको पक्षमा एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपा देखिएकाले उक्त प्रस्ताव पारित हुने देखिएको हो । उक्त प्रस्तावको विपक्षमा ४ जना प्रदेश सांसद रहेका छन् ।

यसअघिको बैठकमा एमालेका प्रदेश सभा सदस्य रामराना मगरले प्रस्ताव गरेको ‘कोसी प्रदेश’को प्रस्ताव प्रदेश सभामा ध्वनी मतले स्वीकृत भएको थियो । आजकै बैठकले प्रदेशको नामकरण गर्नेछ । 

प्रदेश नामकरणका लागि ६२ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् । प्रदेशसभाको नामकरणका लागि कायम रहेका दुई तीहाइ सांसदको समर्थन हुनुपर्ने संवैधानिक व्यवस्था छ । 

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  २१:२१
प्रतिक्रिया दिनुहोस्