प्रदेश १ को नाम अब ‘कोसी प्रदेश’
विराटनगर– प्रदेश १ को नाम ‘कोसी प्रदेश’ प्रदेशसभाबाट पारित भएको छ ।
आजको बैठकमा प्रदेश १ को नाम ‘कोसी प्रदेश’ राख्ने प्रस्तावमाथि दर्ता भएको एउटा संशोधन प्रस्ताव बहुमत ध्वनी मतले अस्वीकृत भएपछि प्रदेश १ को नाम ‘कोसी प्रदेश’ प्रदेशसभाबाट पारित भएको हो ।
कोसी प्रदेशको पक्षमा ८२ जना प्रदेश सांसदले मतदान गरेका छन् । त्यस्तै, विपक्षमा ४ जना प्रदेश सांसदले मतदान गरे भने ६ जना अनुपस्थित रहेका छन् ।
नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्र कुमनर राई र सांसद कमलप्रसाद जबेगुले संयुक्त रूपमा प्रदेशसभा बैठकमा दर्ता गराएको संशोधन प्रस्ताव राजेन्द्रकुमारले टेबल गरेपछि बहुमत ध्वनी मतले अस्वीकृत भएका हो।
प्रदेश नामकरणका लागि ६२ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् ।
प्रदेशसभाको नामकरणका लागि कायम रहेका दुई तिहाइ सांसदको समर्थन हुनुपर्ने संवैधानिक व्यवस्था छ ।