Nic Ad Nic Ad
Nic Ad Nic Ad
आजको मौसम :

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा वर्षा, उच्च पहाडी क्षेत्रमा हिमपात

बिहीबार, फागुन १८, २०७९

काठमाडौँ– आज दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

यी तीन प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

साथै, उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

यस्तै, आज रातिको मौसम पनि प्रायः दिउँसोको जस्तै रहेको महाशाखाले जनाएकाे छ ।

‘राति प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ,’ महाशाखाले आज बिहान जारी गरेको सूचनामा भनिएको छ, ‘प्रदेश नं १ का पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।’
 

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  ०६:२९
प्रतिक्रिया दिनुहोस्