नेभिगेशन
समाचार

भक्तपुरका सडक निरीक्षण गर्दै यातायातमन्त्री श्रेष्ठ, भारतीय राजदूत पनि सँगै जाने

काठमाडौँ– उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आज कमलविनायक–नगरकोट सडकको अनुगमन गर्दै छन् । 

अनुगमनमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, मन्त्रालयका सचिव, सडक विभागका डिजी, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधिसहितको टोली रहने मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । 

टोली आज बिहान ९ बजे सल्लाघारीबाट सडक अनुगमनमा निस्किने बताइएको छ । मन्त्री बनेयता श्रेष्ठले सडक अनुगमनलाई तीव्रता दिँदै आएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार