नेभिगेशन
समाज विविध

आजदेखि कान्ति लोकपथ र आबुँखैरेनी–दमौली सडकखण्ड मर्मतका लागि बन्द 

काठमाडौँ– आजदेखि काठमाडौँ–हेटौडा जोड्ने कान्ति लोकपथ बन्द गरिने भएको छ । आगामी चैत १० गतेसम्मका लागि कान्ति लोकपथ बन्द गरिने र वैकल्पिक मार्ग प्रयोग गर्न सडक विभागले आग्रह गरेको छ । यातायात सञ्चालन बन्द गरी सो खण्डको सडक मर्मतको काम अघि बढाइने भएको हो ।

उक्त रुट बन्द भएपछि हेटौडाबाट काठमाडौँका लागि हेटौँडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली रुट प्रयोग गर्नुपर्नेछ भने काठमाडौंबाट हेटौँडा जान थानकोट–चित्लाङ–मार्खु–कुलेखानी–भीमफेदी रूट हुँदै एकतर्फी सवारी सञ्चालन हुनेछ । 

यता, मुग्लिन–पोखरा सडक विस्तारअन्र्तगत आजदेखि आबुँखैरेनी–दमौली सडक खण्ड मर्मतका लागि रातीको ४ घण्टा यातायात बन्द गरिँदैछ । आयोजनाको पूर्वीखण्डस्थित तनहुँको आबुँखैरेनीदेखि दमौलीसम्मको सडक रातको समयमा विस्तार तथा मर्मत गरिने भएको हो । रातिको १२ बजेदेखि बिहान ४ बजेसम्म दैनिक सो खण्डमा यातायात बन्द गरेर सडक विस्तार गरिने भएको हो ।

सडक विभागका अनुसार आबुँखैरनीदेखि दमौलीसम्म सञ्चालन हुने यातायात सवारीले सो समयको अगाडि र पछाडि मात्र यातायात वारपार गर्न आग्रह गरिएको छ । उक्त सडक विस्तारको काम १० दिनसम्म चल्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध