नेभिगेशन
अर्थ विविध

सुनको मूल्य तोलामा ३०० रुपैयाँले वृद्धि

काठमाडौँ –नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तोलाको १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, तेजाबी सुन तोलाको १ लाख २ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै, चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्