नेभिगेशन
समाज विविध

सांसद भण्डारीको स्वास्थ्य अवस्था सुधार हुँदै

काठमाडौँ –प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार जारी छ । उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको उनका नातेदार मीनप्रसाद भण्डारीले जनाएका छन् ।

गत मंगलबार उनको दायाँ हात र बायाँ हातको केही भाग र औँलाको अपरेसन गरिएको थियो । त्यसपछि सामान्य संक्रमण देखिए पनि अहिले एन्टिबायोटिक्स चलाइएको चिकित्सकले बताएको भण्डारीले जानकारी दिए ।

अपरेसनपछि सांसद भण्डारी आईसीयू कक्षमा छन् । सांसद भण्डारीलाई अस्पतालमा भर्ना गरिएको बिहीबार १५औँ दिन हो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता