Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘सुनरा’का नयाँ इलेक्ट्रिक स्कुटर नेपाली बजारमा

बिहीबार, फागुन १८, २०७९

काठमाडौँ –नयाँ ब्राण्डको ‘सुनरा’का इलेक्ट्रिक स्कुटर नेपाली बजारमा भित्रिएका छन् ।

नेपाली बजारमा बेनेलीका बाइक र स्कुटर उपलब्ध गराइरहेको केटीएम इन्टरनेसनल ट्रेडिङको सिस्टर कन्सर्न इटालिया मोटोवक्र्सले यी स्कुटर नेपाली बजारमा ल्याएको हो ।

यसभन्दा पहिले नै नेपाली बजारमा भित्रिने २ मोडलको मूल्य सूची कम्पनीले सार्वजनिक गरिसकेको थियो । सुनराका २ मोडल रोबो–एस र हक नेपाली बजारमा भित्रिएका छन् ।

सुनरा रोबो–एसको मूल्य ३ लाख ७९ हजार रुपैयाँ हुनेछ । त्यसैगरी सुनरा हकमध्ये सिंगल ब्याट्रीयुक्त हकको मूल्य २ लाख ३६ हजार र र डबल ब्याट्रीयुक्त हकको मूल्य ३ लाख १७ हजार रुपैयाँ हुनेछ ।

सुनरा रोबो–एसमा ३ हजार वाटको मोटर छ भने हकमा १ हजार ८ सय वाटको मोटर छ । यी स्कुटरमा पावरफूल इलेक्ट्रिक मोटर, भरपर्दो ब्याट्री सेटअप र रिजेनेरेटिभ ब्रेकिङ र एलईडी लाइट जस्ता फिचर छन् ।

रोबो–एसमा ३ हजार वाटको रेटेड पावर र ४ हजार ३ सय वाटको पिक पावर भएको मोटर हुनेछ । सुनरा रोबो–एस इलेक्ट्रिक स्कुटरमा ७२ भोल्ट २० एम्पियर आवरको डबल ब्याट्री प्रयोग गर्न सकिन्छ र यसले सिंगल चार्जमा १३५ किलोमिटर सम्मको रेन्ज दिन्छ । यो ब्याट्रीलाई ४ देखि साढे ४ घण्टामै फुल चार्ज गर्न सकिन्छ भने २ वर्षको वारेन्टी छ । यसको टप स्पिड ८० किलोमिटर प्रतिघन्टा छ ।

यो स्कुटरमा एलईडी लाइट, फोन चार्जिङ, फिंगर प्रिन्ट टच स्टार्ट, कम्बाइन्ड ब्रेकिङ सिस्टम आदि फिचर छ ।

सुनरा हकमा पनि विभिन्न आकर्षक फिचर रहेका छन् । हक सिंगल ब्याट्री तथा डबल ब्याट्री अप्सनमा उपलब्ध हुनेछ । हकमा १ दशमलव ८ किलोवाट क्षमताको मोटर रहेको छ । यो विशेष गरी उकालोमा समेत चढ्न सक्षम हुने गरी डिजाइन गरिएको छ । यसमा ७२ भोल्ट २० एएचको ब्याट्री छ । सिंगल ब्याट्रीले ६५ र डबल ब्याट्रीले १३५ किलोमिटरको रेन्ज दिन्छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १३:१०
प्रतिक्रिया दिनुहोस्