Nic Ad Nic Ad
Nic Ad Nic Ad

कर्णाली सरकारबाट राप्रपाले लियो समर्थन फिर्ता

बिहीबार, फागुन १८, २०७९

सुर्खेत–राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

राप्रपा कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले बिहीबार मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी हुन् ।

प्रदेशसभा सदस्य शाहीले प्रदेश प्रमुख तिलक परियारसमक्ष माओवादीबाट मुख्यमन्त्री बनेका शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी छन् ।

केन्द्रमा भएको सत्ता समीकरणमा आएको फेरबदलका कारण प्रदेशमा पनि राप्रपाले समर्थन फिर्ता लिएको हो ।

कर्णाली प्रदेशमा राप्रपाको १ सिट छ । गठबन्धन दलले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरिए पनि सरकार सुरक्षित हुने देखिन्छ । कर्णालीमा ३ मन्त्रालयसहित एमाले सरकारमा छ । केन्द्रमा बाहिरिएसँगै एमालेले प्रदेशमा पनि सरकार छाड्ने अनुमानबीच जोडघटाउ सुरु भएको छ ।

प्रदेशमा १४ सिट पाएर कांग्रेस पहिलो दल हो भने १३ यिसटसहित माओवादी दोस्रो दल हो । माओवादीलाई कांग्रेसले समर्थन गरेमा माओवादीको सरकार सुरक्षित हुने देखिएको हो । ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि २१ सिट आवश्यक पर्छ ।  

यस्तै, नेकपा एकीकृत समाजवादीको १ सिट छ भने राप्रपाको १ र १ जना स्वतन्त्र प्रदेशसभा सदस्य छन् । सरकार बन्नका लागि माओवादी र कांग्रेसकै सुविधाजनक सिट रहेको छ । जसका कारण मुख्यमन्त्री राजकुमार शर्मा निरन्तरता पाउनेमा ढुक्क छन् ।

rpp-karnali_lKz6sEpVGi1677744638.jpg

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १३:४८
प्रतिक्रिया दिनुहोस्