Nic Ad Nic Ad
Nic Ad Nic Ad

यू–१९ विश्वकप छनोट : नेपालले युएईलाई दियो १९२ रनको लक्ष्य

बिहीबार, फागुन १८, २०७९

काठमाडौँ –आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको खेलमा नेपालले युएईलाई १९२ रनको लक्ष्य दिएको छ ।

युएईको अजमानस्थित इडेन गार्डेन ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४८.५ ओभर खेल्दै १९१ रन बनाएर सबै विकेट गुमाएको हो । नेपालका लागि देव खनालले सर्वाधिक ५१ रन बनाए ।

आजको खेल जित्ने टिमले यू–१९ विश्वकपमा स्थान बनाउने छ । दुवै टोलीले यसअघिका ४ वटा खेल जितेका छन् । दुवैको समान अंक रहे पनि युएई नेट रनरेटको आधारमा शीर्ष र नेपाल दोस्रो स्थानमा छन् ।

नेपाल र युएईबीचको खेलको विजेता टोलीले प्रतियोगिताको च्याम्पियन बन्दै २०२४ मा श्रीलंकामा हुने यु–१९ विश्वकप खेल्न पाउनेछ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १४:०५
प्रतिक्रिया दिनुहोस्