Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रचण्ड २ वर्ष, माधव नेपाल १ वर्ष र त्यसपछि देउवा चुनावी प्रधानमन्त्री : शशांक कोइराला

बिहीबार, फागुन १८, २०७९

काठमाडौँ –नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।
नेता कोइरालाले प्रचण्ड २ वर्ष प्रधानमन्त्री रहने र त्यसपछि १ वर्ष अध्यक्ष नेपाल प्रधानमन्त्री बन्ने आठ दलबीच समझदारी भएको दाबी गरे ।
काठमाडौंमा बिहीबार आयोजित अभिमुखीकरण कार्यक्रममा उनले ३ वर्ष पछि पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा चुनावी सरकार बन्ने पनि दाबी गरे ।
‘अबको २ वर्ष पछि प्रधानमन्त्री फेरिन्छन् । १ वर्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्नुहुनेछ’, कोइरालाले भने, ‘चुनावका बेला देउवा प्रधानमन्त्री बन्नुहुनेछ ।’ 
उनले कांग्रेसको ध्यान गठबन्धनमा विश्वास कायम गर्नेमा केन्द्रित रहेको भन्दै बीचमा सरकार तलमाथि नहुने बताए । ‘गठबन्धनमा विश्वास नचुडियोस् भन्नेमा हाम्रो ध्यान केन्द्रित छ । राष्ट्रपति निर्वाचनलाई राष्ट्रिय सहमति नभनौँ, दलीय सहमति भनौँ’ उनले भने ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १४:१८
प्रतिक्रिया दिनुहोस्