Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेम्बाङलाई भोट माग्दै एमाले नेता रविको दैलोमा

बिहीबार, फागुन १८, २०७९

काठमाडौँ– राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा दलका नेताहरू आफ्नो पक्षका उम्मेदवारलाई भोट माग्न व्यस्त छन् । 

यसैबीच, नेकपा एमालेका नेताहरू राष्ट्रपतिमा सुवासचन्द्र नेम्बाङलाई भोट माग्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न बसुन्धारा पुगेका छन् ।

रास्वपाको केन्द्रीय कार्यालय पुगेका एमाले नेताहरूले लामिछानेलाई भेटेर नेम्बाङलाई मत मागेका हुन् । राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङसहित एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव योगेश भट्टराईलगायत नेता बसुन्धारास्थित पार्टी कार्यालय पुगेका हुन् ।

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा कांग्रेस, माओवादी केन्द्रसहित ८ दलका तर्फबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेका तर्फबाट सुवासचन्द्र नेम्बाङ  उम्मेदवार छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १४:२२
प्रतिक्रिया दिनुहोस्