आईसीसी विश्वकप लिग २ : नेपाललाई पाँचौँ सफलता
काठमाडौँ –आईसीसी विश्वकप लिग २ क्रिकेटमा यूएईविरुद्ध नेपालले पाँचौं विकेट हात पारेको छ । दुबईमा जारी खेलमा सन्दीप लामिछानेले चौथो र आरिफले पाँचौं विकेट दिलाएका हुन् ।
३६ औं ओभरको तेस्रो बलमा सन्दीपले ७२ रन बनाएका आसिफ खानलाई क्याचआउट गराए । जारी खेलमा सन्दीको यो दोस्रो विकेट हो । यस्तै आरिफले ३७ औं ओभरमा विकेट दिलाएका हुन् । यसअघि नेपालका लागि करण र कुसल मल्लले एक’एक विकेट लिएका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९ १४:२७
प्रतिक्रिया दिनुहोस्