Nic Ad Nic Ad
Nic Ad Nic Ad

रामचन्द्र जिताउन सांसदलाई अभिमुखीकरण

बिहीबार, फागुन १८, २०७९

काठमाडौँ– ८ दलीय गठबन्धनबाट राष्ट्रपतिका साझा उम्मेदवार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताउने अभियानअन्तर्गत गठबन्धनको राष्ट्रपति निर्वाचन परिचालन र संयोजन संयन्त्रले अभिमुखीकरण कार्यक्रम गरेको छ । 

काठमाडौँको तीनकुनेमा दिउँसो १ बजे सुरु कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभा सांसदहरूलाई अभिमुखीकरण दिइएको हो । प्रधानमन्त्रीसमेत रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेललगायत नेता र सांसदको उपस्थितिमा कार्यक्रम जारी छ । 

कार्यक्रममा राष्ट्रपति उम्मेदवार पौडेलले आफूलाई भोट हाल्न आग्रह गर्दै सबै सांसदलाई सम्बोधन गर्दै पत्र वितरण गरेका छन् । 

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने सन्दर्भमा नेताहरूले धारणा राखिरहेका छन् ।

राष्ट्रपति चुनाव आगामी फागुन २५ गते हुँदै छ । ८ दलीय गठबन्धनबाट कांग्रेसका वरिष्ठ नेता पौडेल र नेकपा एमालेबाट पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ राष्ट्रपति चुनावमा प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १४:३२
प्रतिक्रिया दिनुहोस्