Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रपतिमा मेरो उम्मेदवारी किन ? यस्तो छ रामचन्द्र पौडेलको भनाइ [ पत्रसहित ]

बिहीबार, फागुन १८, २०७९

काठमाडौँ –नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति निर्वाचनमा अफाूलाई मत दिन आग्रह गर्दै सांसदहरूलाई पत्र पठाएका छन् । 

काठमाडौंमा बिहीबार आयोजित ८ दलका सांसदहरूको अभिमुखीकरण कार्यक्रममा उनको तर्फबाट मत माग्दै पत्र बाँडिएको छ ।

पत्रमा उनले सानैदेखि संघर्ष थालेको र सत्तामा हुँदा कहीँ कतै नचुकेको दाबी गरिएको छ ।

‘नेपालका सबै मानिसको नैसर्गिक अधिकार स्थापनाका लागि मैले सानै उमेरदेखि सङ्घर्षको बेडा उठाउदै आएँ। फलतः निर्दलीय निरङ्कुश सत्तासँग म अलिकति पनि झुकिनँ र पञ्चायतको तीसवर्षे कार्यकालमा त्यसका आधा समय त मैले जेलमै बिताएको हुँ’, उनले पौडेले बाँकडेको पत्रमा भनिएको छ, ‘बहुदलीय व्यवस्थाको पुनरागमनपछिका सत्ताका दिनहरूमा पनि कहीँ कतै नचुकिकन देश र जनताको उन्नति, राष्ट्रिय स्वाधिनता र अस्मिताको लागि निष्ठापूर्वक सकेको सेवा गर्दै आएको र आफ्नो छविमा कतै दाग लाग्न नदिने भरमग्दूर कोशिस गर्दै आएको छु ।’

पौडेलले शान्ति वार्ता र संविधान निर्माणका क्रममा जनताको मानवअधिकार, स्वतन्त्रता, दिगो शान्ति, आर्थिक सामाजिक न्याय र समुन्नतिलाई हृदयमा राखेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र संस्थागत गर्ने कुरालाई उद्देश्य बनाउदै आएको पत्रमा बताएका छन् ।

पौडेलले नेपाली जनतामा खुशियाली ल्याउने विकास हासिल गर्ने मुख्य आधार भनेकै स्थायित्व र शासन हो भन्नेमा आफ्नो विश्वास छ रहेको बताएका छन् । 

ramchandra-paudel-leeter_Qii5FZ5S381677747354.jpg


 

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १४:३९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार