आईसीसी क्रिकेट विश्वकप लिग २ : युएईद्वारा नेपाललाई २०८ रनको लक्ष्य
काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग २ क्रिकेटमा यूएईले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ । आसिफ खानको अर्धसतकको मद्दतमा युएईले ८ विकेटको क्षतिमा २०७ रन बनाएको छ ।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले ८ विकेटको क्षतिमा २०७ रन बनाएको हो ।
युएईका लागि ओपनर आसिफ खानले ७२ रन जोडे ।
युएईलाई सामान्य लक्ष्यमा समेट्ने क्रममा नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए । उनले १० ओभरमा मात्रै २७ रन खर्चिएर महत्वपूर्ण विकेट हात पारे ।
यस्तै करण केसी, आरिफ शेख र कुसल मल्लले समान एक विकेट लिए ।
प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९ १५:२१
प्रतिक्रिया दिनुहोस्