Nic Ad Nic Ad
Nic Ad Nic Ad
राष्ट्रपति निर्वाचन

रास्वपाले हामीलाई सघाउँछ : एमाले

पुस १० को सहमतिलाई मध्यनजर गरेर निर्णय लिन्छौँ : रास्वपा
बिहीबार, फागुन १८, २०७९

काठमाडौँ– नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्बाङसहितको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेको छ ।

बिहीबार नेकपा एमालेको प्रतिनिधि मण्डलले राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा संसद्मा सहभागी राजनीतिक दलहरूसँग भेटघाट गर्ने क्रम स्वरुप नै रास्वपा सभापति लामिछानेसँग भेट गरेको हो ।

भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका सचिव योगेश भट्टराईले रास्वपाले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई सहयोग गर्ने बताए । 

उनले यस बेला सरकारले खोजेको सहमतिलाई सहमतिको दिशातर्फ लैजान सक्ने व्यक्ति नेम्बाङ नै रहेको दाबी गरे । उनले रास्वपाले भने आन्तरिक छलफलपछि निर्णय गर्ने कुरा राखेको बताए ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले भेटमा एमाले प्रतिनिधिले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गरेको र आफूहरूले पार्टीको आन्तरिक छलफलपछि निर्णय लिने जानकारी गराएको बताए ।

‘पार्टीले निर्णय गर्न बाँकी छ भनेका छौँ । उहाँ एउटा उपयुक्त पात्र हो, यसमा शंका छैन । निर्णय आज नै गर्न सकिँदैन । पुस १० को सहमतिको हामी साक्षात छौँ, त्यसलाई पनि हामीले मध्यनजर गरेका छौँ ।’

महामन्त्री ढकालले पुस १० गतेको सहमति आफूहरूले मनन गरेको उल्लेख गर्दै त्यसलाई मध्यनजर गरेर बैठकमा छलफल गरी निर्णय गर्ने पक्षमा आफ्नो पार्टी रहेको जानकारी दिए । 

राष्ट्रपति निर्वाचन नजिकिएसँगै उम्मेदवारहरू सांसदहरूलाई भेट्न व्यस्त छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १५:५७
प्रतिक्रिया दिनुहोस्