Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रपति चुनावपछि बृहत् सहमतिको सरकार : सिंह

बिहीबार, फागुन १८, २०७९

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रकाशमान सिंहले राष्ट्रपति निर्वाचनपछि देशमा बृहत् सहमतिको सरकार बन्ने बताएका छन् । 

बिहीबार धनुषामा सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिंहले अहिले ८ दलबीच भएको सहमतिअनुसार नै राष्ट्रपति निर्वाचनपछि देशमा बृहत् सहमतिको सरकार बन्ने बताएका हुन् । 

उनले बिथोलिएको राजनीतिक वातावरण सही ट्रयाकमा आएको बताउँदै निर्वाचनअघि बनेको गठबन्धन केही समय असहजताका साथ अघि बढे पनि अहिले जनमत अनुरुपको परिस्थिति निर्माण भएको बताए । 

उनले राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित सुनिश्चित रहेकाले अब कुनै दुविधा नराख्न पनि आग्रह गरे ।

उनले हरेक चुनौतीको सामना गर्दै सहज राजनीतिक वातावरण निर्माण गरेर मुलुकलाई अघि बढाउने दायित्व सबै दलसामु आएको जिकिर गरे ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १६:२१
प्रतिक्रिया दिनुहोस्