Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रिय शक्तिहरू एक भएर जान आवश्यक छ : माधव नेपाल

बिहीबार, फागुन १८, २०७९

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निर्वाचित हुने राष्ट्रपतिले राष्ट्रिय हितको प्रवद्र्धन, देशभक्तिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षालाई केन्द्रबिन्दुमा राख्नुपर्ने बताएका छन् । 
बिहीबार काठमाडौँमा आयोजित ८ दलीय सांसदहरूको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताए । उनले राष्ट्रपतिको कर्तव्य र जिम्मेवारीबारे प्रष्टताको आवश्यक्ता रहेको बताए ।
संविधानको रक्षा गर्ने, संविधानको संरक्षण गर्ने कुरालाई केन्द्रबिन्दुमा राखेर निर्वाचित राष्ट्रपति अघि बढ्नुपर्ने बताउँदै उनले राष्ट्रका सामु अनेकन चुनौती आइरहेको बताए । 
यिनै चुनौती चिर्न पनि राष्ट्रिय शक्तिहरूलाई एकताबद्ध बनाएर जान आवश्यक भएको उनको भनाइ छ । 
अध्यक्ष नेपालले अहिलेसम्म प्राप्त भएका अनुभवलाई ध्यानमा राखेर निर्वाचित हुने राष्ट्रपतिले गम्भीर भएर आफ्ना काम गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १६:३९
प्रतिक्रिया दिनुहोस्