Nic Ad Nic Ad
Nic Ad Nic Ad

रामचन्द्र पौडेलको जित निश्चित छ : प्रदीप पौडेल

बिहीबार, फागुन १८, २०७९

काठमाडौँ– नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले ८ दलीय गठबन्धनबाट कांग्रेसका तर्फबाट राष्ट्रपतिमा उम्मेदवार दिएका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको दाबी गरेका छन् । 

बिहीबार काठमाडौँमा भएको ८ दलीय गठबन्धनका सांसदहरूको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताए । उनले राष्ट्रपतिका उम्मेदवार पौडेलको पक्षमा मत माग्न यो कार्यक्रम गरिएको पनि उल्लेख गरे । 

उनले अभिमुखीकरण कार्यक्रममा ८ दलका शीर्ष नेताले आफ्ना सांसदहरूलाई उम्मेदवार पौडेलका लागि मत मागिरहेको उल्लेख गरे । उम्मेवार पौडेल राष्ट्रपति भइसकेपछि राष्ट्रपति पदको मर्यादा कायम राख्ने र संविधानलाई अक्षुण्ण राख्दै संविधानको संरक्षकका रूपमा काम गर्ने, राष्ट्रियता राष्ट्रिय स्वाभिमानका साथ अघि बढ्नेमा विश्वस्त रहेको बताए 

सांसद पौडेलले राष्ट्रपति पद देशको अभिभावकका रूपमा र संविधानको संरक्षकका रूपमा रहनुपर्ने भन्दै राष्ट्रपतिले हस्तक्षेपकारी भूमिका खेल्नु नहुने बताए ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १६:४१
प्रतिक्रिया दिनुहोस्