Nic Ad Nic Ad
Nic Ad Nic Ad

पुस २६ मै ओलीले झस्काएपछि पुरानो गठबन्धन ब्युताउनेबारे सोचिएको हो : प्रचण्ड

बिहीबार, फागुन १८, २०७९

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन ठिक भन्दै फेरि विघटन हुनसक्ने आशयको अभिव्यक्ति दिएपछि पुरानो गठबन्धन विताउनुपर्ने बारे सोचेको माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले बताएका छन् । 

आठ दलीय गठबन्धनमा आवद्ध दलका सांसदहरूको संयुक्त भेलालाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले संसदमा विश्वासको मत लिने दिन नै ओलीको अभिव्यक्तिले आफुलाई झस्काएको बताएका हुन् । 

प्रधानमन्त्रीले पुस २६ मा संसदबाट विश्वासको मत लिएका थिए । सोही दिन ओलीले संसदमा सम्बोधन गर्दै आफूले गरेको संसद विघटन ठिक भएको र त्यो आगामी दिनमा पनि दोहोरिन सक्ने आशयको अभिव्यक्ति दिएका थिए । 

‘पुस २६ गतेको संसदमा केपीजीले हिजो संसद विघटन गर्नु ठीक थियो भन्नुभयो । हामी संसद विघटनको विपक्षमा थियौं । हामी आफैंले त्यत्रो संघर्ष गरेर संसद फिर्ता ल्याएका थियौं । तर, उहा“ले ठीक गरेका थियौँ भनेपछि हामी सोच्न बाध्य भयौँ’, प्रचण्डले भने ।

आफ्ना लागि प्रधानमन्त्री पद भन्दा संविधान र लोकतन्त्रको रक्षा ठूलो कुरा भएको दावी पनि प्रचण्डले गरे ।

कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा सघाएर राष्ट्रिय सहमतिको वातावरण बनाऔ भन्दा ओलीले नै नमानेको पनि प्रचण्डले बताएका छन् । 


 

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १७:४७
प्रतिक्रिया दिनुहोस्