सङ्ग्रहालयमा थन्किएको बेहुली बोक्ने डोली
धनकुटामा रहेको प्रदेश सङ्ग्रहालयमा प्रदर्शनका लागि राखिएको पुरानो समयमा बिहेमा बेहुली बोक्न प्रयोग गरिने परम्परागत काठको डोली । विसं २०३९ मा स्थापित यस सङ्ग्रहालयमा तात्कालीन पूर्वाञ्चलका १६ जिल्ला हाल कोसी प्रदेशका १४ जिल्लाका १६ वटा विभिन्न जातजातिका कला संस्कृतिहरु हेर्न पाईन्छ । यहाँ दैनिक न्यूनतम ४० देखि १०० जना सम्म विभिन्न जिल्लाका मानिस अवलोकनका लागि आउने गरेको कार्यालयका प्रमुख चन्द्रप्रकाश अधिकारीले जानकारी दिए । तस्बिर : नारायणकुमार राई/रासस
प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९ १८:००
प्रतिक्रिया दिनुहोस्