Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘मेरो डिजिटल देश’ अभियानमा युएई जाँदै दयाहाङ राई

बिहीबार, फागुन १८, २०७९

काठमाडौँ– नेपाली चलचित्र क्षेत्रका बहुचर्चित अभिनेता दयाहाङ राई संयुक्त राज्य इमिरेट्स् (युएई) जाने भएका छन ।

अभिनेता राई शुक्रबार ईसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत इमिरेट्स एक्सचेन्ज र ईसेवा मनि ट्रान्सफरको निम्तोमा युएई जान लागेका हुन् । उनी इसेवा मनि ट्रान्सफरका ब्राण्ड हिरो समेत रहेका छन् । 

राई युएईको शारजाहस्थित इमिरेट्स एक्सचेन्जका शाखामा बेलुका ६ बजेदेखि ७ बजेसम्म रहनेछन् । त्यस्तै, शनिवार सोनापुर शाखामा बिहानको ११ बजेदेखि १२ बजेसम्म, जेबेल अली शाखामा साँझको ५ बजेदेखि ६ बजेसम्म र ग्रान्ड हाइपर शाखामा बेलुकाको साढे ६ बजेदेखि साढे ७ बजेसम्म रहनेछन् ।

त्यसैगरी आगामी आइतबारका दिन अबुधावीस्थित मफराक सेन्टरमा दिउँसो २ बजेदेखि साढे ३ बजेसम्म बस्नेछन् । 

इसेवा मनी ट्रान्सफरले दिएको जानकारी अनुसार अभिनेता राइले नेपाली सेवाग्राही तथा इमिरेट्स इन्टरनेसनल एक्सचेन्जका नेपाली कर्मचारीहरुसँग भेटघाट तथा अन्तरक्रिया गर्नेछन् ।

राईले यस अभियानमा  विदेशमा श्रम गरेर देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिइरहेका नेपालीहरु भेट्न आफू निकै उत्साहित रहेको बताएका छन् । उनले नेपालीहरु बसोबास गर्ने स्थानमै गएर डिजिटल रेमिट्यान्स सम्बन्धी अन्तरक्रिया गर्ने कम्पनीले जनाएको छ ।

इसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान अन्र्तगत विश्वभरबाट नेपालमा बैंक खाता वा वालेटमार्फत रेमिट्यान्स पठाउने सेवा सञ्चालन गर्दै आइरहेको छ । 

यस अभियानमा सहभागी नेपालीहरुलाई इसेवाले विभिन्न उपहार समेत दिइरहेको छ ।  

‘मेरो डिजिटल देश’ योजना अन्तर्गत डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउने भाग्यशाली एक जना काठमाडौँमा घर समेत दिने योजना इसेवाले अघि सारेको छ । 

इमिरेट्स एक्सचेन्ज सन् १९८० देखि आधुनिक प्रविधिका डिजिटल भुक्तानी सेवाहरु प्रदान गर्दै आइरहेको छ । कम्पनिले युएइमा ३५ भन्दा बढी शाखाहरुबाट नेपाली सेवाग्राहीलाई आफ्नो अमुल्य सेवा प्रदान गर्दे आइरहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  २०:०९
प्रतिक्रिया दिनुहोस्