नेभिगेशन
खेलकुद

यू–१९ क्रिकेट टोलीको प्रशंसा गर्दै प्रधानमन्त्रीले दिए बधाई

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रीलङ्कामा हुने यू–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री दाहालले आज सामाजिक सञ्जालमार्फत देशको गौरव बढाउन एवं नेपालको ख्याति विश्वस्तरमा चिनाउन नेपाली खेलाडीले पुर्‍याएको योगदानको उच्च प्रशंसासमेत गरेका छन् ।

उनले भनेका छन्, ‘श्रीलङ्कामा हुने यू–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै देशको गौरव बढाउन एवं नेपालको ख्याति विश्वस्तरमा चिनाउन नेपाली खेलाडीहरूले पुर्‍याउनुभएको योगदानको उच्च प्रशंसा गर्दछु ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद