Nic Ad Nic Ad
Nic Ad Nic Ad

केन्यामा खडेरीका कारण २६ लाख १० हजार पशुचौपायाको मृत्यु

बिहीबार, फागुन १८, २०७९

नैरोबी– केन्याको सुख्खा र अर्धसुख्खा क्षेत्रमा सङ्कट बढ्दै जाँदा पछिल्ला महिनाहरूमा खडेरीका कारण करिब २६ लाख १० हजार पशुचौपायाको मृत्यु भएको राष्ट्रिय खडेरी व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । 

एनडीएमएका अनुसार यो सङ्ख्या सुख्खा र अर्ध–शुष्क क्षेत्रका कूल ५२ लाख ८० हजार जनावरको लगभग पाँच प्रतिशत हो । 

सबैभन्दा बढी प्रभावित दुई काउन्टी मार्साबिट र काजियाडोमा भोकमरीका कारण मर्नेमा सबैभन्दा बढी भेडा र गाईगोरु रहेको एनडीएमएले फेब्रुअरीमा प्रकाशित गरेको अद्यावधिकमा उल्लेख छ ।

‘सुख्खा २३ मध्ये २२ वटा क्षेत्रमा खडेरीको अवस्था झनै बिग्रँदै गएको छ । सन् २०२२ को छोटो वर्षाको कारण खराब अवस्था र लगातार चार बर्षसम्मको अल्पवृष्टिका कारण जनावरहरू मरिरहेको छन्’, एनडीएमएले जनाएको छ  । 

एजेन्सीका अनुसार सुख्खा क्षेत्रमा चरन क्षेत्र पूर्णरूपमा समाप्त भएको छ, उच्च तापमानका कारण खराब भएको छ । 

क्षेत्रीय विकास मन्त्रालयका क्याबिनेट सचिव रेबेका मियानोले पूर्वी अफ्रिकी समुदाय, शुष्क र अर्ध–शुष्क भूमि र केन्याले राहत खाद्य वितरण सुरक्षित गर्न दुई अर्ब केन्याली शिलिङ्ग (लगभग १५.६८ मिलियन अमेरिकी डलर) जारी गरेको उल्लेख गर्दै खडेरी न्यूनीकरण प्रतिक्रियाहरू बढाएको बताए । 

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालयका अनुसार केन्या ‘हर्न अफ अफ्रिका’ मा पर्ने क्षेत्रका देशहरूमध्ये एक हो । यहाँ करिब ३० वर्ष यताकै सबैभन्दा खराब खडेरीको समस्या देखिएको छ । ५० लाखभन्दा बढी नागरिक भोकमरीको चपेटामा परेका छन् । 

खडेरीले अफ्रिकाका अन्य दुई मुलुक सोमालिया र इथियोपिया पनि अत्यधिक प्रभावित भएका छन् । 

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  २१:५८
प्रतिक्रिया दिनुहोस्