Nic Ad Nic Ad
Nic Ad Nic Ad

श्रीलंकामा मोटोपनको समस्या बढ्दो

शुक्रबार, फागुन १९, २०७९

कोलम्बो– श्रीलंकामा पछिल्लो समय व्यक्तिहरूमा अधिक तौल र मोटोपनको समस्यामा उल्लेख्य वृद्धि भएको पाइएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका नसर्ने रोग एकाइका सामुदायिक औषधि विशेषज्ञ शान्ति गुणवर्द्धनाले तौल बढी भएका व्यक्तिलाई नसर्ने रोग लाग्ने खतरा बढी हुने बताएका छन् ।

उनका अनुसार सन् २०१५ मा श्रीलंकाका २२.५ प्रतिशत पुरुष बढी तौल र मोटो भएको पाइएकामा सन् २०२१ को सर्वेक्षणअनुसार  सोको प्रतिशत बढेर ३० प्रतिशत पुगेको छ ।

यसैगरी सन् २०१५ मा ३४ प्रतिशत श्रीलंकाली महिला अत्यधिक तौल भएको पाइएकामा सन् २०२१ मा  यो सङ्ख्या ४८ प्रतिशत पुगेको पाइएको छ । उनका अनुसार अधिकांश श्रीलंकालीहरूमा यस्ता समस्याहरू बढ्दै गएको पाइएको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  ०६:०८
प्रतिक्रिया दिनुहोस्