Nic Ad Nic Ad
Nic Ad Nic Ad

रहेनन् विश्वकपका कीर्तिमानी खेलाडी फोन्टेन

शुक्रबार, फागुन १९, २०७९

काठमाडौँ– विश्वकप फुटबलका कीर्तिमानी खेलाडी जस्ट फोन्टेनको निधन   भएको छ । उनले ८९ वर्षको उमेरमा बिहीबार निधन भएको अन्तर्राष्ट्रिय  सञ्चारमाध्यहरूले जनाएका छन् । 

फ्रान्सका यी स्ट्राइकरले एकै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।

फोन्टेनले सन् १९५८ मा स्विडेनमा भएको विश्वकपमा फ्रान्सका लागि ६ खेलमा १३ गोल गरेका थिए ।

एकै विश्वकपमा गरिएको यो र्विाधिक गोल हो । ६४ वर्ष बितिसक्दा पनि यो कीर्तिमान कसैले तोड्न सकेका छैनन् ।

फोन्टेन अर्जेन्टिनाका लियोनेल मेसीसँगै विश्वकपका सर्वाधिक गोलकर्ताको सूचीको चौंथो स्थानमा छन् ।

फोन्टेनले सन् १९५३ देखि १९६० सम्म फ्रान्सका लागि खेलेका थिए । उनले २१ खेल खेल्दै ३० गोल गरे ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  ०६:५९
प्रतिक्रिया दिनुहोस्