Nic Ad Nic Ad
Nic Ad Nic Ad

पशुपतिका अतिक्रमित संरचना हटाउन महानगरको अल्टिमेटम

शुक्रबार, फागुन १९, २०७९

काठमाडौँ– पशुपति क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन काठमाडौँ महानगरपालिकाले २४ घन्टाको अल्टिमेटम दिएको छ ।

महानगरपालिकाको टोलीले पशुपति क्षेत्रका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशनसहितको अल्टिमेटम दिएको जानकारी पाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए ।

उनले भने, ‘हामीलाई औपचारिक रूपमा महानगरले जानकारी दिएको छैन । तर अतिक्रमण गरिएका संरचना हटाउन २४ घन्टाको अल्टिमेटम दिएको छ भन्ने सुन्नमा आएको छ ।’

पशुपति क्षेत्र विकास कोषबाट १ रोपनी जग्गा वार्षिक ५० हजार रूपैयाँ भाडामा लिएर १० रोपनी जग्गा गौशाला धर्मशालाका नाममा सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ । 

यसैगरी पशुपति क्षेत्रमा २० वटाभन्दा धेरै सटर बिनादर्ता सञ्चालन भइरहेको महानगरको निरीक्षणमा भेटिएको  छ ।

धर्मशालाले नक्सा पासबिना नै संरचना निर्माण गरेको पाइएकाले त्यस्ता संरचना हटाइने महानगरले जनाएको छ ।

बुधबार कोषले महानगरलाई पत्र लेख्दै पशुपति क्षेत्र विकास कोष र महानगर दुवैलाई थाहा नदिई अवैध रूपमा निर्माण भएका संरचना, सम्झौताविपरीतका व्यवसाय, अतिक्रमित संरचना हटाउन अनुरोध गरेको थियो ।

सोहीअनुसार महानगरले बिहीबार अनुगमन गर्दै २४ घन्टाभित्र त्यस्ता संरचना हटाउन निर्देशन दिएको हो ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १०:३७
प्रतिक्रिया दिनुहोस्