पिएनजीविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल
काठमाडौँ– युएईमा जारी क्रिकेट विश्वकप लिग– टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज पपुवा न्यू गिनी (पिएनजी)विरुद्ध खेल्दैछ ।
यसैबीच, पिएनजीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपाल फिल्डिङमा उत्रिएको छ ।
नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर गुलशन झाको स्थानमा भीम सार्कीलाई मौका दिएको छ ।
नेपाल र पिएजीबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९ ११:४०
प्रतिक्रिया दिनुहोस्