Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेक्स्ट–जेन फोर्ड एभरेस्ट नेपाली बजारमा

शुक्रबार, फागुन १९, २०७९

काठमाडौँ– फोर्ड गाडीको नेपालका लागि आधिकारिक विक्रेता जिओ अटोमोबाइल्स प्रालि (जिओ फोर्ड)ले नेपाली बजारमा नयाँ संस्करणको नेक्स्ट जेन फोर्ड एभरेस्ट भित्र्याएको छ ।

कम्पनीले शक्तिवान्, परिस्कृत र रोमाञ्चक ड्राइभलाई मध्यनजर गरी बनाइएको ग्राहक केन्द्रित टेक्नोलोजीका साथ एड्भेन्चर रेडी फिचरहरू रहेको गाडी बजारमा ल्याएको हो । 

यो गाडी नेपालमा २.० लिटर वाई–टर्बो डिजेल इन्जिनमा १०–स्पिड अटोमेटिक ट्रान्समिसनका साथ उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसले २१० पिएस पावर र ५०० एनएम टर्क प्रदान गर्ने जनाइएको छ ।

जिओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले यो गाडी उत्कृष्ट क्षमताहरूका साथ प्रभावशाली सुविधायुक्त नवीनतम तथा असल एसयुभी रहेको बताए ।

नेपाली ग्राहक तथा एड्भेन्चरप्रेमीले अपेक्षा गरेभन्दा माथि उत्रिन यो गाडी सफल हुने उनको भनाइ छ । 

नेक्स्ट–जेन एभरेस्टमा आरामदायी र सुविधाजनक ड्राइभका लागि वायरलेस चार्जिङ र इलेक्ट्रिक पार्किङ ब्रेकजस्ता सुविधा रहेको जनाइएको छ ।

दुवै दोस्रो र तेस्रो पंक्तिका सिटहरू सुरक्षित लामो यात्राका लागि फ्ल्याट फोल्ड डिजाइन गरिएको कम्पनीको भनाइ छ । यो गाडी आकर्षक र साहसिक यात्राका लागि डिजाइन गरिएको कम्पनीको भनाइ छ । यसमा ७ जनासम्म आरामले यात्रा गर्न मिल्ने कम्पनीले जनाएको छ । 

दुइटा फोर–ह्विल ड्राइभ प्रणाली, अन्डरबडी प्रोटेक्सन र अफ–रोड चयन गर्न मिल्ने ड्राइभ मोड र रियर लकिङ डिफरेन्सियल, २ फंक्सनल टो हुक अप फ्रन्ट साथै एक्सेसरिजका लागि अप फिटर स्विचको विकल्पसहित यो गाडी अफरोडका लागि पनि उपयुक्त हुने कम्पनीको दाबी छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  ११:४५
प्रतिक्रिया दिनुहोस्