Nic Ad Nic Ad
Nic Ad Nic Ad

नम्बरी सुनको इन्डक्ल्याप

शुक्रबार, फागुन १९, २०७९

काठमाडौँ– अभिनेता गौरव पहारी र अभिनेत्री नम्रता सापकोटाको मुख्य भूमिका रहेको सिनेमा ‘नम्बरी सुन’को इन्डक्ल्याप भएको छ ।

क्यामेरा ‘अन’ भएको ३१ दिनमा बिहीबार अन्तिम दृश्य खिच्दै सिनेमाको सम्पूर्ण छायांकन सकिएको निर्देशक राजु गिरीले जानकारी दिए ।

लमजुङमा अवस्थित भुजुङ गाउँमा अधिकांश छायांकन भएको सिनेमाको केही प्रतिशत छायांकन काठमाडौँमा पनि गरिएको छ ।

फिल्मको प्रस्तुतकर्ता नारायण खाती हुन् । खातीकै कथा तथा प्रस्तुति रहेको सिनेमामा गौरव र नम्रताका अलवा सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी, मन महर्जनलगायतको पनि अभिनय छ ।

निर्देशक गिरीले स्क्रिप्टलाई दृश्यमा हुबहु उतार्न सक्दो प्रयास गरेको बताए ।

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन छ ।

सिनेमालाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गरेका हुन् । अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन रहेको सिनेमामा गौतम राज खड्काको सम्पादन रहनेछ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  ११:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार