पिएनजीविरुद्ध सन्दीपले दिलाए नेपाललाई पहिलो सफलता
काठमाडौँ– युएईमा जारी क्रिकेट विश्वकप लिग– टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज पपुवा न्यू गिनी (पिएनजी)विरुद्ध खेल्दैछ ।
यसैबीच, नेपालले पहिलो सफलता हासिल गरेको छ । सन्दीप लामिछानेले विकेट लिएका हुन् ।
पिएनजीले १०.३ ओभरमा ४२ रन बनाउँदा पहिलो विकेट गुमाएको हो ।
पिएनजीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९ १३:०५
प्रतिक्रिया दिनुहोस्