पीएनजीले नेपाललाई दियो १८० रनको चुनौती
काठमाडौँ –आइसीसी विश्वकप लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनीले नेपाललाई १८० रनको मध्यम लक्ष्य दिएको छ ।
दुबई इन्टरनेशन क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पीएनजी ४९.२ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनाएको छ ।
दिपेन्द्र सिंह ऐरि र सोमपाल कामीले २÷२ विकेट झारे । यस्तै, कुशल मल्ल, सन्दीप लामिछाने र करण केसीले एक–एक विकेट आफ्नो नाममा गरे ।
प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९ १५:१३
प्रतिक्रिया दिनुहोस्