Nic Ad Nic Ad
Nic Ad Nic Ad

गठबन्धन पाँच वर्षसम्म भत्किदैन : गगन थापा

शुक्रबार, फागुन १९, २०७९

काठमाडौँ –नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान ८ दलीय गठबन्धन पाँच वर्षसम्म नभत्किने बताएका छन् । 
राष्ट्रपति चुनावलाई लक्षित गर्दै बागमती प्रदेशका सांसदहरूका लागि शुक्रबार काठमाडौँमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै थापाले ५ वर्षसम्म गठबन्धन रहने र  त्यसबाट कांग्रेस कुनै हालतमा पछि नहट्ने स्पष्ट पारे ।
उनले गठबन्धन जोगाउन कांग्रेस सबैभन्दा बढी जिम्मेवार भएर लाग्ने पनि बताए ।
‘पुस १० गते जे भएको थियो त्यो गलत थियो, अहिले त्यो सच्चिएको छ’, थापाले भने ‘अब यसलाई बचाएर अगाडि लिएर जानुपर्छ ।’
उनले एमालेले अब जस्तोसुकै अफर दिएर पनि गठबन्धन भत्काउन नसक्ने उल्लेख गर्दै फागुन २५ पछि एमाले र कांग्रेसको सहकार्य भनेर भ्रम फैलाउन खोजिएको बताए ।
एमालेले राष्ट्रपतिका लागि ८ दलीय गठबन्धनमा रहेका दलका पार्टी कार्यालयमा पुगेर मत माग्दै भ्रम छरिरहेको थापाको आरोप छ । 
 उनले यो गठबन्धन फुटाउने गरी एमालेले धराप थाप्न खोजेको आरोप लगाउँदै भने, ‘यो गठबन्धनविरुद्ध कसैले धराप थाप्न नआए हुन्छ । पार्टीका कोही कसैलाई भेटेर केही हुँदैन ।’ 

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १५:३०
प्रतिक्रिया दिनुहोस्