Nic Ad Nic Ad
Nic Ad Nic Ad

साथीहरूले जवान भन्छन्, घरघरी ऐना हेर्छु : ओली

शुक्रबार, फागुन १९, २०७९

काठमाडौँ –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देखाइ र भोगाइ फरक हुने बताएका छन् । मोतीदेवी स्मृति केन्द्रले ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर आयोजित कार्यक्रममा ओलीले सबैले देखेको भन्ने र आफूले भोग्ने फरक हुने बताए । 

उनले आफ्ना साथीहरूले भेट्दा हौसला थप्दै आफूलाई जवान भन्ने गरे पनि आफू त्यसो नभएको बताए । उनले भने, ‘साथीहरूले भन्दिन्छन् ओहो तपाईं त जस्ताको तस्तै हुनुहुन्छ । जवान हुनुहुन्छ । तर त्यसो होइन् । मेरो अनुहार हेरेर साथीहरूले त्यसो भने पनि म के हो त मलाई थाहा छ । घरि घरि त म पनि ऐना हेर्छु ।’

मोतीदेवी स्मृति केन्द्रले प्रेरणादायी महिलालाई गरेको सम्मानमा ओलीले यो सम्मानले महिलाले आफ्नो हक अधिकार रक्षाका लागि खेलेको भूमिका पनि अतुलनीय रहेको बताए । उनले सबैले आआफ्नो क्षेत्रमा उल्लेख्य मेहनत गरेको बताए ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १५:५७
प्रतिक्रिया दिनुहोस्