नेभिगेशन
समाज विविध

बंगलादेशी प्रतिनिधिले भेटे मधेसी आयोगका अध्यक्ष

काठमाडौँ –नेपाल भ्रमणमा रहेका बंगलादेश सरकारका प्रतिनिधिहरू, बंगलादेश मानवअधिकार आयोगका पदाधिकारी तथा मानवअधिकारकर्मी सम्मिलित उच्चस्तरीय टोलीले मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तसहित आयोगका पदाधिकारीहरूसँग भेट गरेका छन् ।

मधेसी आयोगको कार्यालयमा भएको भेटमा बंगलादेशी टोलीले मधेसको सिराहा र सप्तरी जिल्लामा बंगलादेश सरकारको सहयोगमा विभिन्न समाज कल्याण सम्बन्धित आयोजनाहरू सञ्चालनमा रहेको जानकारी गराउँदै त्यस आयोजनामा आयोगकोतर्फबाट सहयोग गर्न अध्यक्ष डा.दत्तलाई अनुरोध गरे ।

भेटमा दुवै देशमा मानवअधिकारको अवस्था तथा चुनौतीको विषयमा समेत छलफल भएको थियो ।

आयोगका अध्यक्ष डा.दत्तले तराई–मधेससहित नेपालका हजारौँ विद्यार्थीहरू बंगलादेशमा अध्ययनरत रहेको र उनीहरूको मानवअधिकारको संरक्षण तथा संवद्र्धन गर्नु त्यहाँको सरकारको समेत दायित्व रहेको बताउँदै विद्यार्थीहरू माथि आउने विभिन्न किसिमका समस्याहरूको निदानार्थ बंगलादेश सरकारले आवश्यक रणनीति बनाउनु पर्ने कुरामा जोड दिएक ।

छलफलमा अध्यक्ष डा.दत्तले नेपाल र बंगलादेश एक अर्काको हितैषी मित्र रहेको र आगामी दिनमा विभिन्न क्षेत्रहरूमा दुवै देशले एक अर्कासँग समन्वय तथा सहकार्य गरी अगाडी बढ्नुपर्ने समेत बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता