Nic Ad Nic Ad
Nic Ad Nic Ad

दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढ्यो

शुक्रबार, फागुन १९, २०७९

काठमाडौं –दूधको मूल्य बढेको छ । सरकारले दूधको मूल्य ९ रुपैयाँले बढाएको हो ।

अब दूधको मूल्य प्रतिलिटर ६५ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।

आइतबार बसको मन्त्रिपरिषद्को बैठकले दूधको मूल्य बढाएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले किसानलाई राहत दिने गरी दूधको मूल्य बढाइएको जानकारी दिइन् ।

उनका अनुसार प्रतिलिटर ९ रुपैयाँले बढेसँगै अब दूधको मूल्य ६५ रुपैयाँ ५० पैसा कायम भएको छ । अहिले दूधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४० पैसा छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १७:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दूधको मूल्य बढाउन माग
मंगलबार, माघ १७, २०७९